Monday, October 10, 2016
Sunday, October 9, 2016
दसैं बिदा बसेर हेर्नुपर्ने १५ फिल्महरु
दसैं बिदा बसेर हेर्नुपर्ने १५ फिल्महरु
- केहि वर्षअघिसम्म मैले डीभीडी पसलमा नभेटेका फिल्म अहिले युट्युब र फिल्मका एपहरूमा सजिलै भेट्छु । न त यी फिल्म हेर्दा पैसा तिर्नुपर्छ न त खोज्ने दु:ख गर्नुपर्छ । सर्चगरेर्ने बित्तिकैमा पाईन्छ ।
- चिरन
आजसम्म कुनै फिल्मको क्लाइमेक्स हेर्दा
तपाईंलाई उकुसमुकस भएको छैन भने ‘ओल्ड ब्वाई’ हेर्नुस् ।
दर्शकलाई कथाको वहावसँगै बगाउँदै लगेर अन्तिममा स्तब्ध पार्ने क्षमता भएका निकै
थोरै फिल्ममा यो पर्छ । पार्क चान उकले निर्देशन गरेको २००३ को यो कोरियन फिल्मको
संसारभर धेरैवटा रिमेक बनेका छन् ।
आश्विन २४, २०७३- स्कुल छँदै लागेको फिल्म हेर्ने बानीले
छोडेको छैन । त्यति बेला भागेर फिल्म हेर्नुपथ्र्यो, लुकेर हेर्नुपथ्र्यो । स्कुलबाट भागेर दमौली पुगेको कसैले थाहा पाए स्कुलमा
हेडसरको लौरीको मर्मत अलग,
घरमा गाली
अलग पाइन्थ्यो ।
स्कुलबाट
क्याम्पस आइपुगेपछि फिल्म हलले दिल खोलेर स्वागत गर्न थाल्यो । काठमाडौं आएपछि
आफ्नै डेराका टेलिभिजन,
कम्प्युटर र
ल्यापटपले त्यो सेवा दिए । अहिलेको इन्टरनेटको जमानामा युट्युब र विभिन्न एपहरूले
फिल्म हेर्ने क्रियालाई झन् सरल बनाइदिएका छन् ।
सीडीको
जमानामा मैले काठमाडौंका ठमेल र महाबौद्धमा छापामार शैलीमा उठाएका क्लासिक फिल्महरू
अहिले मोबाइलमा नै हेर्न सकिन्छ । इन्टरनेटले संसारलाई मात्र जोडेको छैन, मानिसहरूको दैनन्दिन जीवनका अनुभूतिहरूलाई
पनि फरक ढंगले प्रभावित पारिरहेको छ । १० वर्षअघिसम्म मैले डीभीडी पसलमा नभेटेका
फिल्म अहिले युट्युब र फिल्मका एपहरूमा सजिलै भेट्छु । न त यी फिल्म हेर्दा पैसा
तिर्नुपर्छ न त खोज्ने दु:ख गर्नुपर्छ ।
विभिन्न
माध्यमहरूका मद्दतले संसारसँगको सम्पर्क बढ्दै जाँदा मेरा फिल्म हेर्ने तरिका, अनुभव र स्वाद पनि परिवर्तन हुँदै गए ।
हिन्दी फिल्मबाट सुरु भएको फिल्मको स्वादलाई हलिउड, युरोप,
ल्याटिन
अमेरिका हुँदै एसियाकै इरान, कोरिया,
जापान र
चीनका फिल्मले परिस्कृत गर्दै लगे । विदेशका फिल्म हेर्नेभन्दा पहिले तिनका बारे
पढ्ने गरिएकाले बीचका केही वर्ष आफूले पढेका फिल्म खोज्दैमा बिते । जापानका अकिरो
कुरासावादेखि भारतका सत्यजित रे हुँदै स्विडेनका वर्गम्यान, इटलीका डेसिका र फेलिनी, स्पेनका पेड्रो अल्माडेभोर तथा इरानका अब्बास
किरुस्तामीको खोज मेरो एक समयको ठूलो रुचि बन्यो ।
यो पुस्ताका
फिल्ममेकरका फिल्म हेर्दै अहिले म आफ्नै समयका फिल्ममेकरका फिल्मतिर फर्किएको छु ।
अलेजान्द्रो गोन्जालेज इनारितु हुन् वा अल्फान्सो क्रुसो वा असगर फरहादी म अहिले
ती निर्देशकका फिल्मतिर बढी आकर्षित छु, जो आजको समयमा फिल्म बनाइरहेका छन् । अनुराग कश्यपदेखि निश्चल बस्नेतसम्म, मीन भामदेखि समिरा मखमलवाफसम्म आजको पुस्ताका
निर्देशकले नै फिल्ममा नयाँ प्रयोग गरिरहेका छन् । सानो स्क्रिनमा ध्वनि र चित्र
बिग्रिएका पुराना फिल्महरूभन्दा अलग ठूलो पर्दामा नयाँ प्रविधिका फिल्महरू
हेर्नुको मजा बेग्लै छ । किताब पढेजस्तो फिल्म हेर्नुको अनुभूति र तरिका जुन
फिल्ममा पनि उस्तै हुँदैन । फिल्मको विषय वा प्रस्तुतिको शैलीको स्वाद बेग्लै
हुन्छ । तर,
यो
प्राविधिक कला भएकाले हेर्ने माध्यमले पार्ने फरक टड्कारो हुन्छ । पर्दामा पानी
परेजस्तो लामो धर्सा देखिने पर्दामा हेर्ने पुरानो फिल्म र आइम्याक्समा रियल
थ्रीडीमा फिल्म हेर्नुको मजा एउटै हुँदैन ।
नयाँ फिल्महरूतिर आकर्षित भए पनि मलाई मन परेका फिल्ममा केही पुराना र धेरै बीचको समयका फिल्म नै छन् । दुई वर्षअगाडि मैले बनाएको १ सय २५ मन परेका फिल्मको सूचीमा यिनै फिल्मको वर्चस्व थियो । मलाई लाग्छ, आउने वर्षहरूमा धेरै नयाँ फिल्महरूले प्रवेश गर्नेछन् । अहिलेका लागि मेरा सिफारिसका २० फिल्म यस्ता छन् :

टेस्ट अफ
चेरी
अब्बास किरुस्तामीको यसै वर्ष निधन भए पनि उनको फिल्म ‘टेस्ट अफ चेरी’को मौलिकता कहिल्यै मर्ने छैन । आत्महत्याका लागि आफूलाई मद्दत गर्ने मानिसको खोजीमा बाहिरी तेहरानका पर्वतहरूमा गाडी चलाई हिँड्ने मुख्य पात्रको मनोदसाको कथा यो फिल्ममा छ । पहाडको वृत्तमा उसले भेट्ने तीनजना मानिसहरूसँग उसको संवादले मानवीय भावना, संवेदना र अवसादको कथा भन्छ । कुनै मसलाविहीन मौलिक शैलीको यो फिल्म एसियाली सिनेमा शैलीको नमुना हो । अब्बासकै ‘क्लोज अप’, ‘टेन’, ‘द विन्ड विल क्यारी अस’, ‘सर्टिफाइड कपी’ र ‘लाइक समवान इन लभ’ लगायतका फिल्म पनि उत्कृष्ट छन् ।

एमेरोस
पेरोस
अब्बास हिजोका फिल्ममेकर हुन् भने अलेजान्द्रो गोन्जालेज इनारितु आजको समयका । पछिल्लो दुई वर्ष लगातार उनले उत्कृष्ट निर्देशकको ओस्कर पाएबाटै उनी यो समयका सबभन्दा चर्चित निर्देशक हुन् भन्ने थाहा पाइन्छ । ‘एमेरोस पेरोस’ चाहिँ उनलाई स्थापित गर्ने पहिलो फिल्म हो । मेक्सिकन निर्देशक अलेजान्द्रोको यो फिल्म स्पेनी भाषामा छ । एउटा सानो कुकर ‘फाइट’ले एक सहरका विभिन्न मानिसहरूको जीवनमा पार्ने प्रभावको कथा यो फिल्ममा छ । अलेजान्द्रोले यसपछिका अरू दुई फिल्म ‘बाबेल’ र ‘२१ ग्राम’ पनि एउटा घटनाले धेरैलाई पार्ने प्रभावबारे बनाएका थिए ।

दि
रेभेनान्ट
‘दि रेभेनान्ट’ गत वर्षको सबभन्दा चर्चित फिल्म हो । यसले ओस्करमा उत्कृष्ट निर्देशक, फिल्म र अभिनेताको अवार्ड पायो । यसका निर्देशक अलेजान्द्रो गोन्जालेज इनारितुले ‘बर्डम्यान’ पछि दोस्रो ओस्कर यसका लागि पाए भने लियोनार्डो डिक्याप्रियोको लामो ओस्कर प्रतीक्षालाई यसले अन्त्य गरेको थियो । प्राकृतिक स्रोतको उपभोगमा आदिवासी र आप्रवासीको लामो द्वन्द्वलाई यो फिल्मले आफ्नो विषय बनाएको छ । हिउँ नै हिउँको जंगलमा एक्लै छोडिएको घाइते मानिसको संघर्षको यो कथामा निर्देशकले चलाखीपूर्वक मानिस जातिले गरेको संघर्षका झलकहरू घुसाएका छन् ।

द ग्रेट
ब्युटी
भोलिपल्ट सहरमा ठूलो जादूको ‘सो’को तयारीमा रहेको जादूगर आफ्नो जिराफलाई घाँस हाल्दै छ । एउटा विरक्त लेखकसँग कुरा गर्दै जादुगरले जिराफलाई गायब बनाउँछ । आफ्ना दु:खले विक्षिप्त हुँदै गएको वृद्ध लेखक भन्छ— मलाई पनि यसरी नै गायब गरिदेऊ न । जादूगर भन्छ— मैले साँच्चिकै गायब गर्न सक्ने भए आफ्ना दु:खहरू गायब गर्ने थिइनँ होला ? यसरी सहर–सहर जिराफ बोकेर हिँड्थे ? ४० वर्षअघि लेखेको उपन्यासको ब्याज खाएर बसिरहेको लेखकको दोस्रो पुस्तकको सकसको बारे भए पनि ‘द ग्रेट ब्युटी’ विचार, भावना र दर्शनको सम्मिश्रण हो । युरोपेली सिनेमाको एउटा केन्द्र इटली हो । र, ग्रेट ब्युटी त्यसको प्रमाण ।

फ्लावर्स अफ
वार
चिनियाँ सहरमा जापानीको आक्रमण जारी छ । युद्धले सहर तहसनहस भइसकेको छ । एउटा चिनियाँ सिपाही अनेक जुक्ति लगाएर जापानीलाई तर्साइरहेको छ । एक जना अमेरिकी स्वयंसेवक सिपाहीको फन्दामा परेको छ । र, क्रिस्चियन नन बन्नका लागि पढिरहेका केटीहरूको बीचमा अचानक सहरमा वेश्यावृत्ति गर्ने युवतीहरू आश्रयका लागि आइपुग्छन् । युद्धका बीचमा यी पात्रहरूको आपसी खिचातानी, इष्र्या र प्रेमको कथा हो, ‘फ्लावर्स अफ वार’ । चिनियाँ निर्देशक च्याङ यिमुको यो फिल्ममा हलिउड स्टार क्रिस्चियन बेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । चिनियाँ संस्थापनका आलोचकका रूपमा स्थापित भएका यिमुले पछिल्लो कालमा चीन निर्माण र यसको इतिहासमाथि रुचि लिएर बनाएका फिल्ममा यो पनि पर्छ । इतिहासलाई कलात्मक ढंगले देखाउने कलाका लागि यो फिल्म प्रशंसनीय छ ।

इन द मुड फर
लभ
हङकङका फिल्म निर्देशक वङ कार वाई आफ्ना प्रयोत्मक फिल्मका लागि प्रसिद्ध छन् । एकातिर उनले ‘इन द मुड फर लभ’ र ‘२०४६’ जस्ता फिल्म बनाएका छन् भने उनैले नोरा जोन्सलाई लिएर ‘माई ब्लुबेरी नाइट्स’ पनि बनाएका छन् । ‘इन द मुड फर लभ’ आकर्षण र अविश्वासको कथा हो । १९६० को हङकङमा एउटै अर्पाटमेन्टमा बस्न आएका दुई विवाहित युवा–युवतीको कथा यसमा छ, जो आफ्नो दम्पतीबाहेक अर्कातिर आकर्षित हुन्छन् ।

स्प्रिङ,
समर,
फल,
विन्टर एन्ड
स्प्रिङ
पछिल्लो समयमा कोरियन निर्देशक किम की दुकको नाम संसारभर फैलिएको छ । यसमा योगदान गर्ने फिल्म हो, ‘स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ’ । पृथ्वीका चार यामलाई मानव जीवनका चार क्षणसँग दाँज्ने यो फिल्म एउटा पात्रको बाल्यकाल, किशोरवय, जवानी र प्रौढ अवस्थाका भिन्न सोच र भोगाइ दर्साउँछ ।

द टर्मिनल
हलिउडका दुई श्रेष्ठ प्रतीभा निर्देशक स्टिवन स्पिलवर्ग र अभिनेता टम ह्याङ्क्सले सहकार्य गरेका केही फिल्ममा यो पनि पर्छ । कार्केजिया नाम एउटा काल्पनिक देशबाट अमेरिका आएर विमानस्थलको टर्मिनलमै अड्किएको एक युवाको कथा यो फिल्ममा छ । अंग्रेजीको ज्ञान नभएको युवाले अमेरिका छिर्न गर्ने संघर्षका साथै, विमानस्थलमै यसले खडा गर्ने अस्थायी आश्रयको यसमा छ । केही समीक्षकहरूले यो मन छुने फिल्मलाई ‘आफ्नो देश नहुँदा के हुन्छ ?’ भन्ने देखाउने राजनीतिक फिल्मको रूपमा पनि व्याख्या गरेका छन् ।

द किंग्स
स्पिच
दोस्रो विश्वयुद्ध घोषणाको संघारमा छ । बेलायतका राजाले जर्मनीमाथि युद्धको घोषणा गर्नु छ । यस्तो घोषणा जसले आधा संसारमा राज गरेको बेलायती साम्राज्यका सैनिकलाई विश्वयुद्ध जित्न प्रेरित गर्न सकोस् । घोषणा तयार छ, घोषणा सुनाउने रेडियो तयार छ, राजाको घोषणा सुन्न हज्जारौं सैनिक पनि तयार छन् । तर, त्यस्तोमा राजा घोषणा गर्न तयार भएन भने ?
‘द किंग्स स्पिच’ बेलायतका राजा जर्ज छैटौंको त्यही सकसको कथा हो, जो आफ्नो भकभकाउने समस्यासँग जुधिरहेको छ । आफ्नो यो समस्यालाई एक जना अस्ट्रेलियाली ‘भ्वाइस थेरापिस्ट’को मद्दतले राजाले कसरी जितेका थिए भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

टक टु हर
सिनेमा पारखीहरूका बीच पेड्रो अल्माडेभोर चिनाउनुपर्ने नाम होइन । स्पेनका यी निर्देशक आफ्ना प्रयोगधारी फिल्मका कारण संसारभर चर्चित छन् । यिनकै फिल्म ‘अल अबाउट माई मदर’ले नेपालको ओस्कर–इन्ट्री ‘क्याराभान’लाई पछि पार्दै ओस्कर जितेको थियो । तर, मेरो फेभरेटचाहिँ ‘टक टु हर’ हो । एउटा पुरुष–नर्सको एक युवतीप्रतिको अव्यक्त प्रेमको यो कथा पेड्रोका अरू फिल्मजस्तै फरक छ ।

सङ अफ दि
स्प्यारोज
माजिद माजिदी संसारभर मन पराइएका इरानी फिल्म निर्देशक हुन् । उनका ‘चिल्ड्रन्स अफ हेभन’, ‘कलर अफ प्याराडाइज’, ‘बारान’जस्ता फिल्म प्रसिद्ध छन् । बालमनोविज्ञान र इरानी समाजमा व्याप्त गरिबी र अभावका विषयमा उनी धेरै फिल्म बनाउँछन् । ‘सङ अफ दि स्प्यारोज’ पनि यही कोटीको फिल्म हो । मजदुर श्रेणीको पिताको संघर्ष र उसको बालक छोराको कथा यो फिल्ममा छ । रंगीविरंगी माछा पाल्नका लागि पोखरी सफा गरिरहेको बालक र उसकै लागि अस्ट्रिचलाई दाना हाल्नेदेखि तेहरानका सडकमा मोटरसाइकल–ट्याक्सी चलाउनेसम्मको काम गर्ने पिताको उदासीको गाथा यो फिल्मले भन्छ ।

तुत्सी
दक्षिण अफ्रिका, जोहानेसवर्गको स्लममा छ एउटा किशोर ग्याङ्ग । सान्तिनो लुटपाटमा रमाइरहेको यो ग्याङको मुखिया छ एक अश्वेत किशोर । आफूले चोरेको एउटा कार लिएर हिँडेको केही बेरमै जब यो किशोरले कारभित्र सानो बालक रोएको आवाज सुन्छ, यो बालकले यसको जीवन नै बदलिदिन्छ । चोरीमा प्राप्त भएको बालक र किशोर डनको सम्बन्धले मानवीय सम्बन्धको नयाँ व्याख्या प्रस्तुत गर्छ ।

मिड नाइट इन
पेरिस
पेरिसको रेष्टुरेन्टमा अर्नेस्ट हेमिङ्वे भेटिए भने के होला ? कुरै कुरामा जोसिएर टेबुलमा मुड्की बजार्ने हेमिङ्वे अर्कैकी प्रेमिकालाई लिएर गायब भए भने ? वा त्यही रेस्टुरेन्टमा पिकासो पनि हातमा बु्रस लिएर बसिरहेका भेटिए ? यो यस्तै कथा हो । एउटा लेखकका पेरिस दिउसोमा अरूका लागि जस्तै छ तर जसै रात पर्छ, पेरिसमा हेमिङ्वे प्रकट हुन्छन् । रातभर हेमिङ्वेको समयमा पुग्ने लेखक दिउसोभरि त्यही समयका पात्रहरूले लेखेका स्मृति पढ्छ । र, अर्को राति पुरानै समयमा पुग्छ । दिउसो पढेका स्मृतिका किताबको आधारमा जब ऊ पुरानो समयका गल्ती सच्याउन थाल्छ अनि के होला ? उडी एलेनको कल्पनाको संसारमा यसमा उत्तर पाइनेछ ।

ओल्ड ब्वाई
आजसम्म कुनै फिल्मको क्लाइमेक्स हेर्दा तपाईंलाई उकुसमुकस भएको छैन भने ‘ओल्ड ब्वाई’ हेर्नुस् । दर्शकलाई कथाको वहाबसँगै बगाउँदै लगेर अन्तिममा स्तब्ध पार्ने क्षमता भएका निकै थोरै फिल्ममा यो पर्छ । पार्क चान उकले निर्देशन गरेको २००३ को यो कोरियन फिल्मको संसारभर धेरैवटा रिमेक बनेका छन् । यो फिल्मले क्यान्समा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । आफ्नो कसुर थाहा नपाई सजाय पाउँदा कस्तो हुन्छ ? त्यो पनि सजाय दिने दण्डनायकबारे समेत थाहा नभई ? बदलाकै कथा भए पनि बदला कतिसम्म क्रूर हुन सक्छ भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

लस्ट इन
ट्रान्सलेसन
फिल्म दुनियामा एक हलिउड निर्देशकको नाम निकै सानले लिने गरिन्छ । ती निर्देशकको नाम हो, फ्रान्सिस फोर्ड कोप्पोला । ‘गडफादर’ र ‘एप्पोक्लिप्टो नाउ’जस्ता फिल्मका निर्देशक कोप्पोलाकी छोरी हुन्, सोफिया कोप्पोला जसले ‘लस्ट इन ट्रान्सलेसन’ बनाइन् । हिंसालाई केन्द्रमा राखेर फिल्म बनाउने कोप्पोलाकी यी पुत्रीले भने टोकियोको व्यस्त जीवनमा अल्झिएका दुई प्राणीको मौन–मौन प्रेमकथालाई पर्दामा पेस गरेकी छन् ।

यि फिल्महरुले हजुर हरुको समय राम्रो सँग बिताउन सहयोग
गर्ने छ ।
Monday, September 12, 2016
नेपालिको साहान के हो ? भारतले नेपालि र नेपाललाई चिन्न - र नेपालिले नेपालि पन चिनाउन भारतलाई बाकि छ ।
नेपालिको साहान के हो ? के नेपालि पर निरभरकेहि साहारामा बस्ने हो ? हामि पईला यो देशका एमाले माअोबादि हुनुभन्दा नेपालि होउ । नेपालिको चाहाना माअोबादिले लियेको सिधान्तमा छ । माअोबादि त एउटा नाम मात्र हो । हामि जो पाटिका होउ । केहि छईन । गफ भन्दा पनि सतहि धरातलमा रहेर कामगरौ । काम सहि छ भने जो सुकेई पाटिको किन नहोस । बिरोध नगरौ । म काग्रंरेसमा , एमाले, माअोबादि सबैमा पालो पालो भोट हाले । सबैमा रहेर काम गरे । कुरा काम हरु नेपालिका चोटमा मलम लगाउने खालका हुनु पर्छ । काम कुरा कसले कसरि गरिरहेको छ। त्यो बुझ्ने हामि मा तागत हुनु पर्छ । । नाका बन्दिले मलाई कृतिम असर धेरै पार्यो । बुढि सुत्केरि भएको अबस्ता थियो । लोडसेडिङ थियो । बेपार सुक्यो । तर पनि नेपाल कति धनि छ भन्ने कुरा दुबईमा बस्दा थाहा थियो । त्यसैले मईले नेपालि स्रोत र साधन मा जिउन जानेको थिए र जिए । न जुकेका हामि नेपालि हो भारत संग । कुनै नेता होईन । यदि म नेताको ठाउमा हुन्थे भने म भारतका सम्बन्धित नेता संग या अबरोध तत्व सगं बात सुल्जाएर । ३ दिनमा नेपालि माथि भएको दमन गर्ने हरुलाई झुकाएर छोड्ने थिये । र यो कोई सच्चा नेपालि ले गर्न सक्छ । यस्तो सहास छ नेपालिमा । बुझन्न अाबस्यक छ हामि नेपालिले । त्यति बेला किन नेतामा त्यो सहास अाएन ? एक कल फोन गरेर भारतलाई... । नेपालिलाई भुकम्पले रुहायेको बेलामा भारत तिमि मौका नछोप । तिमि छिमेकि भयको यहि हो । छिमेकिले यस्तै गर्दछन ? नेपालि सहासि छ भन्ने नभुल । के भोलि नेपालि चाईन्छ भन्ने छईन । अापतको बेलामा यस्तो गरेको विश्वको सामु लाज लाग्दैन । अंग्रेजको कारणले तेल भारतमा पईला उद्पादन भयो भन्दैमा । यस्तो चल्दैन भारत भनेर धम्क्याउने हिम्मत कुनै नेताले किन गर्न सकेन ? मेरो प्रश्न सच्चा नेपालिमा ! समस्या एकातिर कुरा काम एका तिर गरे त्यति बेलाका नेताले । भारतले धेरै हेपेर लामो समय समस्यामा पारेर । अन्तिम छेड पारेर । नाका खुलायो । के यो सहि थियो ? भन्नुहोस हजुर । भारत होईन हाम्रो बहादुरि कमजोर पर्यो त्यतिबेला किन ? नेताहरु अा-अाफ्नो पाटिको मोहले एकतामा जुट्न सकेन्न । फाईदा कस्लाई ! नेपालि बहादुरिको स्वाद थाहा पाउन सकेन भारतले । बिड्मबना हो नेपालिलाई यो कुराको । समस्या देशको अाफ्नै थियो । भारतले त्यहि मौका किन हेर्यो हजुर । देशको कानुन के नेपालिको हातमा छईन् ? भारतको निउ के मा........ ? भारतले नेपालि र नेपाललाई चिन्न - र नेपालिले नेपालि पन चिनाउन भारतलाई बाकि छ । भने । हामि सुरु गरौ । भारत जान लागेका हाम्रा नेता प्रचण्ड ले भारतलाई नेपालित्व जनाएर अाउन । भन्ने हामि नेपालिलाई लाग्छ । जय नेपाल । बिस्वास हिम्मत, धैरेका साथ मिलेर अगाडि बडौं हामि नेपालि सबै ।
Friday, September 9, 2016
SCATCHITE Combo Pack of 2 Casual Shoes (Sneakers + Loafers)
| Price: | 999 |
| Sale: | 499 Details |
| You Save: | 500 (50%) |
| Inclusive of all taxes |
Saturday, August 27, 2016
नया प्रधान मन्त्रि भए पछि ।
गफ गाफ कम भयो ।
- कामहरु सुरु भए ।
- सोजा साजा जन्ताले सिदै राहात पाए ।
- युवा हरु लाई आशा पलायो ।
- विकासका बिरुवा हरु रोपिन लागे ।
- जनता हरुलाई पिरमा पर्दा चिन्तित हुन लागे प्रधान मन्त्रि ।
- बास्तबिक उदेष्य लिएर बढेका प्रधान मन्त्रीले नै काम गरिरहेका छन् ।
- नाकाबन्धी र भुकम्पले पिल्सिएको बेलामा ६ ६ महिना सम्म केहि रचनात्मक काम गर्न नसक्ने अब्यबस्तित मन्त्रि हटाएर । १ महिनामा नै पिडितलाइ सिदै हातमा राहात बड्ने प्रधान मन्त्री आए ।
- तानासाइहरु मरन्त अबस्तामा भए ।
- नेपाल आमा र भावि पिडिको जय को लागि बलिदान दिने नेपाल आमा का सपुथ पुत्र शहिद हरुलाइ प्रधान मन्त्रिले गरेको सत्क्रमले आफ्नो बलिदान ले गर्न खोजेको क्रम पुरा भइरहदा परम आत्मा शान्ति मिलिरहेको छ । जय नेपाल !!!
Monday, August 22, 2016
Gamma - Top 10 Mars habitats from NASA space habitat challenge
On
Sunday, Nasa announced the winners of its 3D-printed space habitat challenge at
the New York Maker Faire, a competition to help humans live on Mars. The Bubble
Base is an inflatable structure to be filled with Martian sand. Quartz-rich
sand particles are sintered into bricks by a swarm of drones who transport and
affix the blocks to their appointed locations within the dome. The design won
an honourable mention.
Saturday, August 20, 2016
NASA’S sample return mission to earth- bound asteroid ‘Bennu’: All you need to know !
The Origins, Spectral Interpretation,
Resource Identification, Security-Regolith Explorer (OSIRIS-REx) spacecraft
will be launched on September 8 from Cape Canaveral Air Force Station, Florida.
The OSIRIS-REx spacecraft will travel to
the near-Earth asteroid Bennu - that could one day destroy our planet - and
bring a sample back to Earth for intensive study.
The mission will help scientists
investigate how planets formed and how life began, as well as improve our
understanding of asteroids that could impact Earth, NASA said in a statement on
Wednesday.
"The launch of OSIRIS-REx is the
beginning a seven-year journey to return pristine samples from asteroid
Bennu," said OSIRIS-REx Principal Investigator Dante Lauretta of the
University of Arizona, Tucson.
"The team has built an amazing
spacecraft, and we are well-equipped to investigate Bennu and return with our
scientific treasure," Lauretta said.
Tuesday, August 16, 2016
Natural Beauty of Nepal
VISIT NEPAL
Places to Visit in Nepal There are many beautiful and interesting places to visit outside the Kathmandu Valley. The places are full of history and historical remains and are remarkable for their beauties. Most of the places can be easily reached from Kathmandu by road or by air. High in the Himalayan Mountains lies the small Kingdom of Nepal, with its lofty mountains, deep valleys, lush jungles, exotic wildlife and diverse peoples. Mostly known as the ?Land of Everest? or the ?Birthplace of the Lord Buddha?, Nepal has a variety of attractions to keep tourists coming back for more. We welcome you to Nepal, the country which is one of the most exotic destinations of the world with Adventure, Cultural, Pilgrimage & Wildlife Travel Packages. We also offer hotel reservation & hotel holiday packages.
Subscribe to:
Posts (Atom)